जाल्पा सामुदायिक लघुवित्तले माघ २१ देखि आईपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     माघ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । यसमा ८ हजार कित्ता संस्थाका कर्मचारीको लागि, २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि र बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताले कम्तिमा १० कित्तादेखि बढीमा ५ हजार दुईसयबीस कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसका लागि माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको मितिभित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा ढीलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने छ ।

कास्कीको पोखरा महानगरपालिका सिमलचौरमा प्रधान कार्यालय रहेको लघुवित्तका बीस जिल्लामा वित्तीय व्यवसाय संचालनमा रहेका छन् ।लघुवित्तको १० करोड ७८ लाख चुक्ता पुँजी रहेको छ । आईपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड पुग्नेछ ।

आइएपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।