
पाेखरा, १४ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनकाे उद्घाटन भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको उक्त भवन उद्घाटन गरेका हुन ।
नेपाल सरकारको ७ करोड ६ लाख ११ हजारको लागतमा कार्यालय परिसरभित्र आवास, भान्छाघर र हिरासत भवन निर्माण सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले सफल आवाजलाई जानकारी दिए ।
साे अवसरमा पन्थी डेरीका सञ्चालक रेशम पन्थीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कदरपत्रले सम्मान गरेका थिए । अन्य सहयाेगी ब्यक्ती तथा संस्थाहरूलाई समेत सम्मानपत्रबाट सम्मान गरिएकाे थियाे ।
समारोहमा स्वागत मन्तब्य राख्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले भवन निर्माण सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । नेपाल प्रहरी नागरिककाे शान्ती सुरक्षाका लागी दिनरात खटिरहेकाेले अपराध नियन्त्रणमा प्रहरीलाइ सघाउन एसपी थापाले अनुराेध गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री , कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसि, डिआइजी दिवेश लाेहनी लगायतका बक्ताले जिल्ला प्रहरी कार्यालय कास्कीका हालका प्रमुख एसपी रमेश थापाकाे कुशल ब्यवस्थापनले गर्दा छाेटाे अवधीमा याे भवन निर्माण कार्य सम्पन्न हुन सकेकाे बताएका थिए ।




तस्बिरः हरि बाँस्तोला, रासस








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




