
काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैकले ४ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्काशन गर्ने भएको छ ।
विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने गरी ऋणपत्र निष्काशन गर्न लागेको हो ।
ऋणपत्र माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७ गते भुक्तानी गरिने छ ।
अर्धवार्षिक रुपमा भुक्तानी हुने ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धीका लागि ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ छुटयाइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल पाप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गर्नेछ ।
अप्रतिस्पर्धी बोलवालालाई पनि छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । खरिद गर्नका लागि घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको ५० हजारले भाग गर्दा हुन आउने २ लाख रुपैयाँसम्म खरिद गर्न पाउने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलबको पछाडि २ अंक) उल्लेख गर्नुपर्नेछ । इच्छुक बोलवालाले बहु ब्याजदरमा समेत बोल गर्न सक्नेछन् ।
अप्रतिस्पर्धी बोलवालाले भने खरिद गर्न चाहेको रकममात्रै उल्लेख गर्नुपर्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई ऋणपत्र विक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




