
काठमाडौं, १४ माघ । नियम उल्लंघन गरेको भन्दै बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । बिमा समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका विपरित कार्य गरेको भन्दै नेपाल लाइफलाई कारबाही गरेको हो ।
शुक्रबार बिमा समितिले कम्पनीलाई २० हजार रुपैयाँ जरिवानासमेत तिराएको हो । प्रेस नोट लेख्दै बिमा समितिले सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
बिमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उपसमिति संस्थागत सुशासन विपरित भएकोले १० हजार रुपैयाँ गरी कूल २० हजार रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको हो ।
बिमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार नेपाल लाइफले बिमा समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्ने उजुरी समितिमा परेको थियो । उक्त उजुरीका सम्बन्धमा नेपाल लाइफबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका व्यक्तिलाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरेको हुँदा कारबाही गरेको प्रवक्ता पौडेलले बताए ।
बिमा समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा (९) मा ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने नपाउने उल्लेख छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




