
काठमाडौं, १६ माघ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) लाई वित्तीय संस्थाको रुपमा परिमार्जन गरेर वित्तिय संस्थाको मान्यता दिएको छ ।
नेपाल राष्ट्र बैंकको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम एनआइडीसीएललाई उक्त ऐनको व्यवस्था लागू हुने वित्तीय संस्थाको रुपमा तोकिएको हो ।
राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु र एनआइडीसीएलले मात्र सह–वित्तीयकरणमा माग लिन पाउने छन् । तर, कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्था र एनआइडीसीएल अगुवा संस्था हुने गरी गठन हुने सह-वित्तीयकरण समूहमा सहभागी भै कर्जा प्रवाह गर्न सक्ने राष्ट्र बैंकका निर्देशक देवकुमार ढकालले जानकारी दिए ।









धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




