हायर पर्चेज कर्जा दिने कम्पनीले सञ्चित कोष कायम गर्नुपर्ने

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको लागि नयाँ निर्देशिका जारी गरेको छ ।

कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को तेस्रो संशोधन २०७८ जारी गर्दे हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० लाई तेस्रो संशोधन गर्दै कम्पनीले प्रत्येक वर्षको नाफाबाट २० प्रतिशत रकमको चुक्ता पुँजीको दोब्बर नहुँदासम्म छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।

कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशतभन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समूहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ ।

हायर पर्चेज दिने कम्पनीलाई स्वीकृत दिने नीतिगत एवं पक्रियागत व्यवस्था २०७० (तेस्रो संशोधन २०७८) को पूर्णपाठ तलको लिंकमा

https://drive.google.com/file/d/1dSthvolFua5PREuLWQZGQGnXmNqjozCp/preview