फरवार्ड माइक्रोफाइनान्स र विन नेपाल लघुवित्तको कारोबारमा सकारात्मक सर्किट

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । साताको दोस्रो कारोबार सुरु भएको आधा घण्टामै २ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार १० प्रतिशतले बढेर कारोबार बन्द भएको हो ।

फरवार्ड माइक्रोफाइनान्सको आज प्रतिकित्ता २१७ अंकले बढेर २ हजार ३८७ रुपैयाँमा पुगेर कारोबार बन्द भएको हो । विन नेपाल लघुवित्तको पनि आज १४७.२० अंकले बढेर १ हजार ६१९.२० रुपैयाँ प्रतिकित्ता पुगेर कारोबार बन्द भएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार १७ अंकले घटेको छ भने १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । प्रि-ओपन सेसनमा दोहोरो अंकले बढेको सेयर बजार अहिले भने केही अंक तल झरेको छ ।