महुली लघुवित्तको खुद नाफा ५ करोड ५६ लाख रुपैयाँ पुग्यो, सञ्चालन मुनाफा ९५.८१ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४९.२३ प्रतिशत बढेको छ । संस्थाको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा ४९.२३ प्रतिशतले बढेर ५ करोड ५६ लाख ३७ हजार रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधीमा लघुवित्तले ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने लघुवित्तको खुद ब्याज आम्दानी ५४.९७ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ९४ लाख १२ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ६४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा पनि ९५.८१ प्रतिशतले बढेको छ । विवरणअनुसार सञ्चालन मुनाफा ९५.८१ प्रतिशतले बढेर ८ करोड २७ लाख १० हजार रुपैयाँ आर्जन गरेको हो । गत आवको सोही अवधिमा लघुवित्तले ४ करोड २२ लाख ४१ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । लघुवित्तको चुक्ता पुँजीसमेत ५१.२० प्रतिशत बढेर २८ करोड २१ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।