
काठमाडौं, १७ माघ । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार भारी अंकले उकालो लागेको नेप्से आज १४.४८ अंकले घटेर २ हजार ८७१.०५ अंकमा झरेको छ ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले घटेर ५३८.४५ अंकमा झरेको छ । सोमबार २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँमा खरिदविक्री भए ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये आज लघुवित्त, अन्य र लगानी समूहबाहेक सबै उपसमूहको सेयर ओरालो लागेको छ । आज फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार १० प्रतिशतले बढेर कारोबार बन्द भयो ।
कारोबार सुरु भएको आधा घण्टामै सर्किट लागेर सो कम्पनीको कारोबार बन्द भएको थियो । फरवार्ड माइक्रोफाइनान्सको २१७ अंकले बढेर प्रतिकित्ता २ हजार ३८७ रुपैयाँमा पुग्यो भने विन नेपाल लघुवित्तको १४७।२० अंकले बढेर १ हजार ६१९.२० रुपैयाँ प्रतिकित्ता पुगेर कारोबार बन्द भएको हो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




