
काठमाडौं, १७ माघ । गत वर्षको तुलनामा एनएमबी लघुवित्तको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक परिस्कृत वित्तीय विवरणमा गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा करिब ४५ लाख रुपैयाँ खुद नाफा घटेको हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ करोड ७० लाख ८४ हजार नाफा कमाएको लघुवित्तले चालू आवको सोही अवधीमा ७ करोड २५ लाख ७७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।
लघुवित्तको ब्याज आम्दानी भने बढेको छ । विवरणअनुसार गत वर्षको पहिलो ६ महिनामा २१ करोड १ लाख ५२ हजार ब्याज आम्दानी गरेको लघुवित्तले चालू आवको सोही अवधीमा २३ करोड १६ लाख ३१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
गत वर्षको तुलनामा लघुवित्तको सञ्चालन मुनाफा पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड १९ लाख ८२ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको लघुवित्तले चालू आवको सोही अवधीमा ११ करोड ५३ लाख ९४ हजार रुपैयाँमा सञ्चालन मुनाफा कमाएको छ ।
समिक्षा अवधीमा लघुवित्तको निक्षेप संकलन भने १ अर्ब ८९ करोड ३४ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधीमा लघुवित्तको निक्षेप १ अर्ब ६७ करोड ८२ लाख ८ हजार रुपैयाँ थियो ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




