काठमाडौं, १७ माघ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष लक्ष्मीदास मानन्धरको निधनप्रति नेपाल उद्योग वाणिज्य महासंघद्वारा दुःख व्यक्त गरेको छ । मानन्धरको यही माघ ६ गते विहीबारका दिन निधन भएको थियो । महासंघले उनको निधनले निजी क्षेत्रले अभिभावक गुमाएको जनाएको छ ।
महासंघका सदस्य संस्था साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका अध्यक्षसमेत रहेका उद्योगपति एवं समाजसेवी मानन्धर महासंघमा वि.सं. २०३५ सालदेखि करिव डेढ दशकसम्म निरन्तर रुपमा कार्यकारिणी समितिका सदस्य थिए । महासंघका पूर्व अध्यक्ष स्व. पशुपति गिरीको दोस्रो कार्यकाल २०४१ सालदेखि २०४३ सालमा उनी मानन्धर कोषाध्यक्ष पदमा निर्वाचित भइ महासंघको संस्थागत तथा छवि विकासमा निभाएको भन्दै महासंघले सधै स्मरण गर्ने बताए ।
महासंघको संस्थागत विकास र भौतिक पूर्वाधार निर्माणमा पनि उनको अमूल्य योगदान रहेको थियो । समस्त उद्योगी व्यवसायीहरुको प्रिय पात्र तथा स्पष्ट वक्ताको रुपमा परिचित स्व. मानन्धर महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरुमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरुमा सशक्त एवं बलियो आवाज राख्ने व्यक्तित्वको रुपमा परिचित थिए ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




