५ करोड ५५ लाख बढीको आइपीओ बिक्रीमा ल्याउँदै इमर्जिङ नेपाल

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । इमर्जिङ नेपालले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुको लागि रहेको छ । सत्ताइस हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहने ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सकिने भएको छ ।

आइपीओमा लगानी गर्नका लागि छिटोमा फागुन १ गतेसम्मको समयावधि तोकिएको छ । तोकिएको अवधिभित्र माग बमोजिमको आवेदन नपरेपछि फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । घटिमा १० कित्तादेखि १ हजार कित्ताका लागि आवेदन दिन सकिने भएकाे छ ।

कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रहेको छ । सेयरको बाँडफाँडपछि चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।