
काठमाडौं, १८ माघ । अजोड इन्स्योरेन्स कम्पनीले ४ करोड ६३ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा १३.९१ प्रतिशत बढेर ४ करोड ६३ लाख ४० हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधीमा कम्पनीको नाफा ४ करोड ६ लाख ८३ हजार रुपैयाँ पुगेको थियो ।
कम्पनीको खुद बिमा शुल्क पनि बढेर २२ करोड ७७ लाख रुपैयाँ नाघेको छ । विवरणअनुसार कम्पनीको खुद बिमा शुल्क ९.१४ प्रतिशतले बढेर २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा २० करोड ८६ लाख ५८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कुल बिमा शुल्कसमेत १६ प्रतिशत बढेको कम्पनीले जनाएको छ । चालू आवको पहिलो ६ महिनामा १६ प्रतिशत कुल बिमा शुल्क बढेर ७९ करोड २१ लाख ५० हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीको कुल बिमा शुल्क ६८ करोड ८३ लाख ४२ हजार रुपैयाँ थियो ।
कम्पनीले यस अवधीमा लगानी कर्जा ४ करोड ९५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ४ करोड ६९ लाख ८६ हजार रुपैयाँ लगानी कर्जा आर्जन गरेको थियो । अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेकाे छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




