प्रि-ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से, १८ लाखको कारोबार

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । साताको तेस्रो कारोबार सुरु हुनुअघि प्रि-ओपन सेसनमा नेप्से ३ अंकले बढेको छ ।

सोमबार १३.४८ अंक घटेर २ हजार ८७२.०५ बिन्दुमा झरेको नेप्से सूचक आज प्रि-ओपन सेसनमै ३.६८ अंक बढेर २ हजार ८७५.७४ बिन्दुमा प्रवेश गरेको हो भने सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंक बढेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा १६ कम्पनीको १८ लाख ४४ हजार ३१९.९० रुपैयाँ बराबरको ३ हजार ५०२ कित्ता सेयर किनबेच भएको छ भने १० उपसमूहको सेयर बढेको छ भने ३ उपसमूहकोे सेयर माइनसमा झरेको छ ।