दार्चुला र धार्चुला जोड्ने पुल बनाउन नेपाल र भारतबीच सहमती

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बनाउन दुई पक्षीय सम्झौता भएको छ ।

मंगलबार पुल बनाउने परियोजनाबारे भारत र नेपालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् ।