
काठमाडौं, १९ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाला सुनमा रूपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ रूपैयाँ ३०० ले बृद्धि भई प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ९०० रूपैयाँ तोकिएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बृद्धि भई प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




