आज विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९.३७ रुपैयाँ र बिक्रीदर ११९.९७ रुपैयाँ तोकेको छ ।

अमेरिकी डलरसँगै अन्य मुद्राको विनिमयदरअनुसार एक यूरोको खरिददर १३४.३९ र बिक्रीदर १३५.०६ रुपैयाँ कायम गरिएको हो । पाउण्ड स्र्टलिङको खरिददर १६१.१५ र बिक्रीदर १६१.९६ रुपैयाँ हो ।

आज अष्ट्रेलियन डलरको एकको खरिददर ८४.५७ रुपैयाँ छ भने बिक्रीदर ८४.९९ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । सिंगापुर डलरको एकको खरिददर ८८.४६ र बिक्रीदर ८८.९१ रुपैयाँ कायम भएको हो ।

राष्ट्र बैंकका अनुसार आज १० जापानी येनको खरिददर १०.४० रुपैयाँ र बिक्रीदर १०.४६ रुपैयाँ तोकिएको छ भने चिनियाँ युवानको खरिददर १८.७७ र बिक्रीदर १८.८६ रुपैयाँ कायम गरिएको छ । आज साउदी रियालको बिक्रीदर ३१.९८ र खरिददर ३१.८२ रुपैयाँ कायम छ भने कतारी रियालको बिक्रीदर ३२.९५ र खरिददर ३२.७८ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।