थप १ हजार ३८६ जनामा संक्रमण पुष्टि, ८ हजार ७०४ जना संक्रमणमुक्त

-



     सफल आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ माघ । पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य जना जनसंख्या मन्त्रालयका अनुसार यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् । पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ ।