थप १ हजार ५७० जनामा संक्रमण, १३ जनाको निधन

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो ।

जसमा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।