जाल्पा लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आइपीओमा झन्डै ५६ गुणा बढीले आवेदन दिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

जाल्पाले माघ २१ गतेदेखि निष्काशन गरेको ५ लाख २२ हजार कित्ता आइपीओमा हिजोसम्म मात्रै ५६ गुणाले बढेको हो । २२ लाख १४ हजार ९१९ जनाले २ करोड ७२ लाख ५७ हजार ७९ कित्ताको लागि आवेदन परेको जनाएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ८ हजार कित्ता सेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।