
काठमाडौं, २६ माघ । एभरेष्ट अस्पताल प्रालिमा ग्याष्ट्रो लिभर फाउण्डेशन नेपाल सञ्चालनमा छ । अस्पतालले यस फाउण्डेशन करिब दुई वर्षदेखि सञ्चालनमा ल्याएको हो । फाउन्डेशनका अध्यक्ष पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कुमार कश्यप रहेका छन् भने अर्का विशेषज्ञ डा. अबशेष भण्डारी पनि यसै फाउन्डेशनमा कार्यरत छन् ।
डा. कश्यपका अनुसार यस फाउन्डेशलले हाल ग्याष्ट्रोसँग सम्बन्धित इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता सम्पूर्ण रोगको उपचार गर्नुको साथै लिभरसँग सम्बन्धित हेपाटाइटिस ‘ए’देखि ‘इ’सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभर सँग सम्बन्धीत सम्पूर्ण रोगको उपचार गरिन्छ ।
सानो र ठूलो गरी मान्छेका दुईखाले आन्द्रा हुन्छन् । मलद्वारबाट दूरबीन छिराई ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो । आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ । आन्द्राको भित्तामा देखा परेको स–सानो खोट निकाल्नेदेखि शंकास्पद मासुको टुक्रा निकालेर वायोप्सी गर्न पठाउनेसम्मको काममा कोलोनोस्कोपीको प्रयोग हुन्छ । यसले एक मिलिमीटरसम्मको मासु पलाएको खुट्याउँछ ।
ठूलो आन्द्रा र मलद्वार बीचको भागलाई सिग्मोईड भनिन्छ । मलद्वारबाट सिग्मोईडमा दूरबीन छिराएर गरिने जाँचलाई सिग्मोईडोस्कोपी भनिन्छ । कोलोनोस्कोपीले पूरै आन्द्रा (मलद्वारबाट करीब पाँच फिटसम्म) जाँचिन्छ भने सिग्मोईडोस्कोपीले दुई फिटसम्म मात्र जाँच्न मिल्छ ।
दिसामा अनायास रगत देखियो वा दिसा कालो भयो भने तुरुन्त जँचाउनुपर्छ । त्यसरी दिसा जाँच्दा रक्तकणिका भेटिएमा, कसैको दिसा एकाएक कहिले पातलो हुने, कहिले कब्जियत हुने भएमा, उमेर ढल्केका मानिसहरूमा विना कारण रक्त अल्पता हुँदा र अन्य लक्षणहरूबाट आन्द्रामा क्यान्सर लागेको शंका लागेमा कोलोनोस्कोपी गराउनुपर्छ । त्यस क्रममा आन्द्रामा मासु पलाएको वा घाउ भएको देखिएमा वायोप्सी गरेर क्यान्सर भएको वा नभएको खुट्याइन्छ ।
आन्द्रामा कुनै पनि ठोस पदार्थ (दिसा) नभएको अवस्था बनाएर कोलोनोस्कोपी गराउँदा सबै भागमा राम्ररी जाँच गर्न सजिलो हुन्छ । नेपालका धेरै मानिसहरु कोलोनोस्कोपीबारे अनविज्ञ छन् । काठमाडौं उपत्यका बाहिरका केन्द्रीय अस्पतालमा पनि यो प्रविधि उपलब्ध छ । तर जनचेतना अभावका कारण कोलोनोस्कोपीको प्रयोग न्यून भएको कश्यप बताउँछन् । सिकिस्त भएर मात्रै अस्पताल पुगेर कोलोनोस्कोपी गर्ने चलनले धेरैलाई बर्बाद बनाएको उनको भनाई छ ।
उनका अनुसार धेरैले कोलोनोस्कोपी महंगो छ भन्ने गरेका छन् । तर यो महंगो छैन । सस्तोमै उपचार गर्न सकिन्छ । सस्तोमा पनि गर्न नसक्नेका लागि ग्यास्ट्रो लिभर फाउण्डेशन नेपाल विकल्प हुनसक्छ । पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखलेश कुमार कश्याप र अबशेष भण्डारीले साँझ ५ बजेदेखि ७ बजेसम्म ओपिडी सेवा निरन्तर रुपमा सञ्चालन गर्दै आएको यस फाउण्डेशनको अध्यक्ष डा. कश्यपले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




