एमसीसीको सीईओमा एलिस अलब्राइट चयन

-



     सफल आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ माघ । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् । अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।

एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिँदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् । ‘संयुक्त राज्य अमेरिका र एमसीसी परिवार हामी सबै एलिसलाई स्वागत गर्न निकै उत्साहित छौं,’ उनले भनेका छन् । एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् ।

एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । उसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग दिंदै आएको छ । नेपालमा पनि अमेरिकाले एमसीसीमार्फत् ५५ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।