
काठमाडौं, २६ माघ । साताको चौथो सेयर कारोबार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापन नेप्से परिसूचक २२.११ अंकले घट्दा २ हजार ८१३.४७ बिन्दुमा झरेको छ । नेप्से सूचकसँगै कारोबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ । आज सेन्सेटिभ सूचक ३.५१ अंकले घटेर ५२८.९९ अंकमा झरेको छ ।
आज कारोबार रकमसमेत घटेको छ । साताको सबैभन्दा कम कारोबार बुधबार भएको छ । यस अघि एकै दिन ८ अर्बको समेत सेयर किनबेच भएको थियो । आज २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता सेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ कित्ता सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहमा आज राताम्य देखिएका छन् । सबैभन्दा बढी आज व्यापार समूहका लगानीकर्ताले बढी गुमाएका छन् । व्यापार समूहअन्तर्गतको सेयर आज १.२२ प्रतिशतले घटेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




