निरन्तर बढ्दै सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । छपावाला सुनको भाउमा रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भई तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ४०० रूपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९३ हजार ४०० रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउमा फेरबदल भएको छैन । चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार २८० रूपैयाँमा कारोबार भईरहेको छ ।