हार्मोनिक कोडबाट आयात हुने वस्तुमा राष्ट्र बैंककाे कडाई

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले ४७ वस्तुको आयातमा कडाई गरेको छ । आयात प्रतिस्थापन गर्नको लागि राष्ट्र बैंकले कुल ४७ वटा होर्मोनिक कोडबाट आयात हुने वस्तुमा कडाई गरेको हो ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले ४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातमा कडाई गरेको हो ।विभागले ४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्थामार्फत कडाइ गरेको जनाएको छ ।

राष्ट्र बैंकले परिपत्रमा एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको हो । अब विदेशबाट आयात हुने तयारी पोशाक तथा कपडा, ड्राइ फुड, माछा, मासु लगायतका वस्तु आयातमा कडाइ गरेको हो ।

विवरणअनुसार हार्मोनिक कोड ०३ बाट सुरु हुने माछा र माछाजन्य अन्य परिकारको आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ । ८७०३, ८७११, ६०, ६१, ६२ र ६३ बाट सुरु हुने वस्तुहरुको आयातको लागि एसली खोल्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।