
काठमाडौं, २७ माघ । साताको अन्तिम दिन पनि सेयर बजार घटेको छ । पछिल्लो साता लगातार ओरालो लागेको सेयर बजार बिहीबार पुनः ओरालो लागको हो ।
आज सेयर बजार मापक नेप्से सूचक ११.९६ अंकले घटेर २ हजार ८०१.५६ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ बिन्दुमा झरेको हो । आज कारोबार रकम फेरि घटेको छ । बिहीबार २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको हो ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये आज ३ उपसमूहबाहेक सबैको सेयर घटेको छ । बैकिङ ४६.४६, अन्य उपसमूह १२.५१ र सामुहिक लगानी कोषको सेयर झिनो अंकले उकालो लागेको छ भने बाँकी सबै उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।
घटेका उपसमूहहरुमध्ये बैंकिङ १०.७९, होटल तथा पर्यटन १९.७२, विकास बैंक २८.९१, जलविद्युत २७.७६, वित्त १२.७५, निर्जीवन बिमा ८१.०७, उत्पादनमुलक १.२९, लघुवित्त ३७.२५, जीवन बिमा १३.३७ र लगानी उपसमूहको सेयर ०.५६ अंकले घटेको हो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




