निरन्तर सुनको भाउमा बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार छपावाला सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ । सुनको भाउमा रुपैयाँ १०० ले बृद्धि भएको छ । चाँदीको भाउ भने आज तलमाथि भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भई प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छपावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार तेजाबी सुनको भाउ ९३ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा कुनै फेरबदल भएको छैन । चाँदी यसदिन प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमानै कारोबार भएको थियो ।