
काठमाडौं, २८ माघ । सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा ५ लाख बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणमा इन्स्योरेन्सको खुद नाफा ०.२४ प्रतिशत बढेर १७ करोड ७७ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधीमा कम्पनीको खुद नाफा १७ करोड ७२ लाख ६७ हजार रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद बिमा शुल्क आर्जन १२.४७ प्रतिशत बढेर ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६९ करोड २० लाख ७४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी २५.७२ प्रतिशत बढेर ४२ करोड ३३ लाख ३४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ६७ लाख ७४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ११ प्रतिशत बढेर १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष २७.३५ प्रतिशत बढेर ५५ करोड ४३ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने बिमा कोष २५.५३ प्रतिशत बढेर १ अर्ब १३ करोड २९ लाख ६८ हजार रुपैयाँ रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




