बाराही वेकरीको तेस्रो शाखा मनिपालमा

-



     सफल आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित



पोखरा २८ माघ । बाराही वेकरीको तेस्रो शाखा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–११ फुलबारीस्थित मनिपालमा ७० लाखको लगानीमा सञ्चालनमा आएको हो । शाखाको शुक्रबार एक कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष प्रजापतिले छोटो समयमा नै वेकरीले आफ्नो तेस्रो शाखा विस्तार गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले पोखरा उद्योग वाणिज्य संघका पूूर्वअध्यक्ष विश्वशंकर पालिखेका पालमा पोखराले विकाश निर्माण तथा सामाजिक क्षेत्रमा मुहार फेर्न सफल भएको स्मरण समेत गरे ।

सञ्चालक सुनयना पालिखेले करिब डेढ वर्ष अगाडि कोरोनाकालमा वेकरी व्यवसाय सुरु गरेको भन्दै उनले ग्राहकहरुको मायाका कारण छोटो समयमा नै आफूहरुले तेस्रो शाखा विस्तार गर्न सफल भएको बताइन् । वेकरीमा हालसम्म ३ करोडभन्दा बढीको लगानी रहेको उनको भनाई छ ।

पोखरा उद्योग वाण्ज्यि संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बाराहीले वेकरीको क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले शाखा विस्तारले थप रोजगारीको वातावरण सिर्जना गरेको बताए । वेकरीले यसअघि पोखराको लेकसाइड र न्यूरोडमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।