
मस्को, २८ माघ । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना सङ्क्रमित भएका हुन् । “एकै दिनमा यती धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ । त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभरी तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ । ती मध्ये ७२२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
सरकारी अधिकारीका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या एक करोड १० लाख २१ हजार ६३३ रहेको छ । ती मध्ये एक लाख १२ हजार २३६ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमित भएकाहरु भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै आधा कम रहेकोले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढीरहेको छ ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




