इमर्जिङ नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ फागुन । इमर्जिङ नेपालको आईपीओमा आवेदन पेश गर्नका लागि आज फागुन १ गते आईतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २६ गते सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

निष्काशन गरिएको कुल सेयरमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि रहेको छ । सत्ताइस हजार ७८० कित्ता सेयर सामुहिक लगानी कोषका लागि रहेको छ । अन्य बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे चुक्ता पूँजी ५० करोड ४० हजार रपैयाँ रहेको छ । सेयर बाँडफाँटपछि चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्ने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।