जाल्पा सामुदायिक लघुवित्तको आइपीओ साँझ ५ बजे बाँडफाँट हुने

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज साँझ ५ बजे बाँडफाँट हुने भएको छ । लघुवित्तको आइपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएपछि आज आइतबार ५ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आइपीओ बाँडफाँड आज बालुवाटार काठमाडौंमा गरिने कम्पनीले जनाएको छ । प्रभु क्यापिटलले ५ दिनमै आइपीओ बाँडफाँड गरेर छिटो सेवा दिने जनाएको छ । प्रभुले मंगलबारसम्म कलेक्सन भएको आइपीओको शुक्रबार प्रि(अलोर्टमेन्ट गरेर आइतबार बाँडफाँट गर्न लागेको हो ।

लघुवित्तले माघ २१ गते शुक्रबारदेखि माघ २५ गते मंगलबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

लघुवित्तको आइपीओमा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ । गोलप्रथा विधिबाट बाँडफाँट गर्दा १० कित्ताका दरले ४८ हजार ७९० जनाले मात्रै आइपीओ पाउने छन् ।