
काठमाडौं, १ फागुन । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय गरेर गत हप्ता नयाँ महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेको थियो ।
६ जना वरिष्ठ र क्षमतावान् कर्मचारीलाई पछि पार्दै विवादित छवी भएका अधिकारीलाई महानिर्देशक नियुक्त गरेको भन्दै केही समय महानिर्देशक प्रकरण चर्चामा आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा गत सोमबार मन्त्रिपरिषद्ले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको थियो ।
केही समयको चर्चापछि सेलाएको घटना फेरि सर्वोच्चले व्युताइदिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको छ । क्षेत्रीलाई अवकाश दिने गरी गत पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम सवोच्चले आदेश दिएको हो ।
सरकारले गत हप्ता अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेपछि पूरक निवेदन लिएर क्षेत्री सर्वोच्च पुगेका थिए । अधिकारी प्राधिकरणमा ३४ वर्षसम्म सेवा गरेका वरिष्ठ अधिकारीहरुलाई पछि पार्दै १४ वर्ष मात्रै काम गरेर महानिर्देशकमा नियुक्ति भएका थिए । उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन बनाउँदा आर्थिक अपचलन गरेको आरोप लागेको थियो ।
विवादित व्यक्तिलाई मन्त्री आलेले महानिर्देशक बनाएको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको थियो ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




