थप ७४७ जनामा कोरोना संक्रमण, ८ जनाको निधन

-



     सफल आवाज    
     फागुन २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६९६ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७३ हजार ५४१ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको संख्या १ लाख ३७ हजार ६७७ रहेको छ । पछिल्लो समय थप २ हजार ३१९ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ । यो दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय २ लाख १६ हजार ११८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको छ । अहिले होम आइसोलेशनमा १९ हजार ९३० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ८०९, आइसीयूमा १७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन् ।