१६ वर्षमा प्रवेश गर्याे अल्का अस्पताल

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ फागुन । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ । ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित १६ बर्ष अगाडी कुमार थापाले अल्का अस्पताल संचालनमा ल्याएका थिए।

‘१६ वर्ष पुग्दा हामी निकै खुसी छौ,’ अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौं।’

१६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ । वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले आइभीएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबार बाहेक ओपिडी सेवा निशुल्क गरेको छ ।

बार्षिकाेत्सवका अवसरमा आइभिएफ टेष्टमा २० प्रतिशत छुट तथा आइभीएफ र आइयूआइमा विशेष सहुलियत दिइने अल्का अस्पतालका प्रसासक भगवान केसीले बताएका छन ।