थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको निधन

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ७५६ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७४ हजार ४९३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार ४४ रहेको छ । पछिल्लो समय थप एक हजार ६०० संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ ।

थप ३ जनाको निधन

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस संक्रमणबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख १४ हजार १०३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ । अहिले होम आइसोलेसनमा १७ हजार ५८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ६७१ आइसीयूमा १५६ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।