सुनकाे भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     फागुन ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आईतबार सुनको भाउमा सामान्य बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंले यसदिन छापावाला सुनको भाउ रुपैयाँ १०० ले बृद्धि भएर तोलाको ९६ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको छ । यसअघि शुक्रबार छपावाला सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ कायम गरिएको थियो ।

यसदिन तेजाबी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा भने कुनै फेरबदल भएको छैन । चाँदीको भाउ यसदिन स्थिर रहेर तोलाको १ हजार ३०५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदीको भाउ तोलाको १ हजार ३०५ रुपैयाँ ताेकिएकाे थियो ।