
काठमाडौं, ८ फागुन । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । हमालले आइतबार बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने बताए । उनले भने, ‘पुँजीबजार क्षेत्रको नियमनकारी निकायलाई म नियामक जस्तो बनाउँछु ।’ उनले आफ्नो कार्यकालमा केही सुधारको महसुस गर्न सकिने बताए । लगानीकर्ताहरुले पनि ढुक्कसँगले लगानी गर्न सक्ने वातावरण बनाउने उनले बताए ।
बिहीबार मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




