भारी असिना पानीले पोखराकाे जनजीवन प्रभावित [फोटोफिचर]

-



     सफल आवाज    
     फागुन ८ गते २०७८ मा प्रकाशित


तस्बिरहरु : आरजु विष्ट सल्यानी


पोखरा, ८ फागुन । आइतबार दिउँसो पोखरामा भारी असिना पानी परेको छ । पश्चिमी वायु प्रभावका कारण आज पोखरामा करिब साढे ३ दशकपछि सबैभन्दा धेरै असिनापानी परेको छ ।

बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको थियाे भने सवारी साधन रोकिएका बाटाेमै राेकिएका थिए । भारी असिना पानीले केही घण्टा बाटाे नै अबरूद्द भएकाे थियाे । असिना पानीले पाेखराका बिभिन्न स्थानमा भाैतिक क्षती समेत भएकाे छ । पाेखराकाे बिम मेटल उद्योगको छानासहित भत्किएको छ । बिम मेटलका सञ्चालक रवि गौचनका अनुसार असिना पानीले उद्योगको छाना भत्काउँदा करिब २५ लाख बराबरको क्षति भएको छ ।

पोखरामा करिब ३५ वर्ष पहिले पनि यस्तै असिना पानी परेको स्थानियबासीले बताए । पोखराका अधिकांश क्षेत्रमा दिउँसोतिर ४ इन्चदेखि १ फिटसम्म असिना जमेको थियो । असिना पानीले कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँलगायत अन्नबालीमा क्षति पुगेको छ । पोखराको हेम्जा र मालेपाटनलगायत विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षति पुर्‍याएको कृषकहरूले बताएका छन ।