
काठमाडौं, ९ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा २६ लाख २६ हजारभन्दा बढी आवेदन पेश भएको छ ।
सिडिएस एण्ड क्लियरिङले जनाए अनुसार २६ लाख २६ हजार ९० आवेदकले ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको माग गरिएको छ । आवेदन माग गरेभन्दा ३८.३० गुणा बढी देखिएकाे छ।
लघुवित्तको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याईएको थियो । त्यसमध्ये १३ हजार कित्ता कर्ममारीको लागि र ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ताका लागि आवेदन पेश गरेका हुन ।
लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रहेको छ । सेयर बाँडफाँडपछि चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ । संस्थाले फागुन ४ गतेदेखि सेयर बिक्रीमा ल्याएको थियो । आवेदन दिने अन्तिम दिन आईतबारसम्म रहेको थियो ।
संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




