फेरि घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, फागुन ९ । आज फेरि अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ९२ पैसामा कारोबार भइरहेको छ । यसको बिक्रीदर १३५ रुपैयाँ ६० पैसा पुगेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसको बिक्रीदर ८५ रुपैयाँ ९२ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९२ पैसा पुगेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार सोमबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा पुगेको छ । कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ९७ पैसामा कारोबार भइरहेको छ ।