
पाेखरा, ९ फागुन । नेपाल स्वयंसेवक रक्तदाता समाज कास्की ले आकस्मिक रक्तदान कार्यक्रम पोखरा को महेन्द्रपुल मा सम्पन्न गरेको छ। आकस्मिक रक्तदान मा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीको नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका डण्डराज शर्मा को प्रमुख अतिथी मा भएको आकस्मिक रक्तदान मा ५७ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्यले बोल्दै मुख्य कारण जुन यो नियमित रक्तदान हुन सकेन रगत को अभाव न्यूनीकरण गर्न को लागि नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार सेवाको विशेस अनुरोध मा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्की को सहयोग मा आकस्मिक रक्तदान गरेको हो ।
नेपाल स्वयंसेवक रक्तदाता समाज कास्की ले ३६५ दिन नै रगत को आकस्मिक रगत दिने समेत जानकारी शाक्य ले जानकारी दिए। जो कसैलाई रगत आबस्यक परेमा नि:शुल्क रगत लानलाई सम्पर्क गर्न समेत अबगत गराए। सो रक्तदान कार्यक्रममा विभिन्न संघ संस्थाका ब्याक्तित्व सहभागीता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्तसञ्चार सेवाको प्रमुख अर्जुन ज्ञवालीले नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीलाई धन्यवाद ब्यक्त गर्दै भाबी दिनमा रगतको अभाव हुन नदिन र नि:शुल्क रगत पाउन सकिन्छ भन्दै गण्डकी प्रदेश स्वास्थ मन्त्री मधुमाया अधिकारिलाई समेत धन्यवाद ब्यक्त गरे । फाल्गुन १ बाट नि:शुल्क रगत समेत उपलब्ध गराईरहेकाे समेत जानकारी दिए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




