
काठमाडौं, १७ फागुन । हिन्दू धर्मावलम्बीहरुमा ब्रत (उपवास) बस्ने प्रचलन रही आएको छ । त्यसमा पनि अधिकांश महिलाहरु व्रत बस्ने गर्छन् । यसको मुल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्राउनु, श्रीमानको आयु बढाउनु भन्ने धार्मिक विश्वासका साथ उपवास बस्ने चलन रही आएको छ ।
एक तिर अन्धविश्वास र अर्को तिर स्वास्थ्यको लागि फाइदा वा घाटा भन्ने विषयको चर्चा भइरहन्छ । यसै विषयमा मुटु रोग विशषेज्ञ डा. ओम मूर्ति अनिलले व्रत बस्दाका फाइदा तथा घाटा बारे उल्लेख गरेका छन् ।
१. तौल घटाउन मदत गर्छ :
कम क्यालोरीको सेवन र मेटाबोलिक रेट बढ्नु र ग्रोथ हार्मोनको बढी उत्पादनले तौल घटाउनमा मदत गर्छ । तपाइ तौल घटाउन इक्छुक हुनुहुन्छ भने, यो तरिका बाट सुरु गर्न सक्नु हुन्छ ।
२ . कोलेस्टेरोलको नियन्त्रण
उपवासले फैटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोलको नियन्त्रण गर्छ, साथै उपवासको बेला मान्शाहारी खानाको प्रयोग नहुनु र फल्फुलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र Triglyceride घटौने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।
३. इन्सुलिन सेन्सिटिभिटी बढाउने
उपवासले बिभिन्न रसायनिक प्रकृयाको मद्तले इन्सुलिनको कामलाई प्रभावकारी बनाउछ र मोटोपना भएको व्यक्तिमा इन्सुलिन Resistance को वातावरण हुनाले यस्तो व्यक्तिको लागी उपवास अत्यन्तै लाभदायक हुन्छ ।
४. रक्तचापको नियन्त्रण
उपवासमा क्यालोरी र नुनको प्रयोग कम हुने भएकोले उच्च रक्त्चापको नियन्त्रण हुन मदत गर्छ ।
५. रोग प्रतिरोघात्मक क्षमतामा सुधार
रोगसँग लडने कोषको संख्यामा सुधार ल्याउनु र हानिपुर्यौने कोशहरुलाई नियन्त्रण गर्न मदत गर्छ ।
६. क्यान्सर रोग लागन बाट बचाउन मदत गर्छ
उपवासले कोशहरुको मर्मत गर्ने, स्वास्थ्य तन्तुहरुलाई सुरक्षित बनाउने र बिकार वा घातक पदार्थहरुलाई कोषभित्रै निस्कृय बनाउछ, हानिकरक हर्मोन (IGF-1) लाई नियन्त्रण गर्छ र अन्य कोष भित्रको गतिबिधिलाई साकारात्मक बनाएर क्यान्सर को जोखिम घटाउने तथ्य बिभिन्न जनावरहरुमा गरिएको अध्ययनले दावी गरेको छ ।
७. एसट्रेस र इन्फलामेसन (Stress and Inflammation) को नियन्त्रण
क्यान्सर, मुटुरोग, बाथ रोग्, स्नायुरोग र अन्य जटिल दिर्घ रोगरुको प्रमुख कारणहरु मध्य एक एसट्रेस र इन्फलामेसन (Stress and Inflammation) प्रमाणित तथ्य हो ।
उपवासले फ्री रडिकल (Radical) ले हुने हानिलाई रोक्ने साइटोकाइन लाई नियन्त्रण गर्ने जस्ता अन्य रसायनिक कृयामा साकारात्मक असार गरेर धेरै यस्ता रोगहरु जोखिमलाई घटाउने वैज्ञानिक धाराणा भएको देखिन्छ ।
८. बुढोपना लाई रोक्ने (Anti-Ageing)
उपवासले जिन, कोष्, तन्तु, हार्मोन्, Immune, मेटाबोलिज्ममा प्रभाव पारेर व्यक्तिको शरिरलाई वास्तविक उमेर भन्दा कान्छो बनाउन सहयोग गर्न सक्छ ।
९. छालालाई आकर्षक बनाउँछ
छालामा हुने कोलाजिन (Collagen) र अन्य प्रोटिनहरुमा सकारात्मक अषर गरेर्, छालालाई सुन्दर र आकर्षक बनाउछ ।
१०. मस्तिस्कको कृयाकलापमा सुधार
उमेर अनुशार हुने मस्तिष्कको कृयाकलापमा कमिमा बिभिन्न तरिकाले कमी ल्याउछ ।
११. मुटुरोगीलाई फाइदा
मुटुको मांशपेसी लाई नस्ट हुन बाट बचाउने नयाँ मसिना रक्तनलिहरुको निर्माण गर्ने र अन्य मुटुभित्रका हानिकारक रसायनिक प्रतिकृयालाई नियन्त्रण गरेर मुटुरोगिहरुलाई ठुलो लाभ प्रदान गर्न सक्ने अनुसन्धानहरुको दाबी छ ।
१२. जीवनमा खुशीयाली ल्याउँछ
विश्वास नलाग्ला तर यो सही कुरा हो । तपाईं कुनै व्रत धारिलाई सोध्नुस वा आफै व्रत बसेको दिन सम्झिनुस्, त्यो दिन तपाईंले आफुलाई स्पेसल ठान्नुहुन्छ, तपाईंको सोच सकारात्मक र पवित्र हुन्छ ।
भित्रैबाट उमङ र उत्साह भरिएको हुन्छ, यस्को कारण उपवास, स्वछ आहर र धर्ममा आस्था मात्रै नभएर वैज्ञानिक कारण पनि हुन्छ । उपवासले मस्तिस्कमा इन्डोर्फिन (Endorphin) नामक हार्मोनको उत्पादन बढाउछ जस्को प्रमुक काम मूडलाई फ्रेस गर्ने, खुशी बनाउने र शरिरमा स्फुर्ती ल्याउने हो ।
१३. भोकमाथि नियन्त्रण
उपवासले लेपटिन र अन्य (Hunger) हार्मोनको स्तरमा सुधार ल्याएर्, थ्य्रोइद हार्मोन को उत्पादन बढाएर मेटाबोलिस्म मा सुधार ल्याएर, भोक निर्धाराण गर्ने केन्द्र (Satiety Centre) मा असर गरेर व्यक्तिको भोकै बसन सक्ने क्षम्ता बढाउछ र त्यो भन्दापनी महत्बपुर्ण कुरा थोरै खाएर सन्तुस्टी हुने बानी बस्छ, जस्ले गर्दा अत्यधिक खाना बाट हुने स्वास्थ्य सम्स्याबाट बच्न सकिन्छ ।
१४. Detoxification गर्छ
प्रायजसो हानिकारक रसायनहरुको शरिरमा भएको बोसोमा भन्डारन हुन्छ । उपवासले बोसोलाई खर्च गर्ने क्रममा (Metabolism), स्टोर भएका धेरै टोक्सिनलाई शरिरबाट निस्कासन गर्छ ।
१५. मांशपेसीलाई बलियो बनाउँछ
उपवासले ग्रोथ हार्मोनको (HGH) उत्पादन बढाएर, फैट्लाई पगाल्ने र मांशपेसीलाई बलियो बनाउँछ ।
मैले उपवासका यि फाइदाहरुको बारेमा अध्ययन गर्दै जादा मन्-मस्तिस्कमा एउटा मात्रै कुरा बारमबार हावी भएको पाए ।
हाम्रा पुर्वज्, सन्त्, ऋषि आदी रोग रहित लामो आयु बाच्ने यथार्थ पछिको कारण अवश्यनै व्रत उपवास बस्नु र स्वच्छ साकाहरी खाने कुरामा पूर्ण रुपले विश्वास गर्दछु ।
आधुनिक मानवको आयु घटनु र नयाँ नयाँ रोग जन्मिनु पछाडिको प्रमुख कारण असन्तुलित र अत्यधिक भोजन नै हो भन्ने यथार्थलाई नकार्न सकिदैन ।
उपवास बस्ने बेलामा लिनुपर्ने सावधानीहरु :
१. गर्भवस्थामा उपवास वर्जित हुन्छ ।
२. सानो बच्चा भएको दुध खुवाउने आमाले उपवास गर्न मिल्दैन ।
३. मधुमेहको औषधी सेवन गर्ने बिरामीले चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
४. रक्तचापको औषधी सेवन गर्नेले पनि विषेश ध्यान दिनु पर्छ र चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
५. मुटु, मृगौला, पेट्, कलेजो र अन्य दिर्घरोग भएको र त्यस्कोलागी औषधी सेवन गर्नेहरुले पनि विषेश ध्यान दिनु पर्छ र चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
६. उपवासले शरिरमा पानीको कमी हुनसक्छ ।
७. उपवासले विशेष गरेर माइग्रेन भएकाहरुलाई टाउको दु:खने समस्या हुन सक्छ ।
८. निद्रा नलाग्ने र त्यसबाट तनाव हुने सम्भावना पनि हुन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




