
पोखरा, २० फागुन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र पोखराको नागढुङ्गामा रहेको चरक मेमोरियल हस्पिटलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबिच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारी र चरक हस्पिटलको तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी अनुसार हस्पिटलबाट उपलब्ध गराइने बिभिन्न किसिमका चिकित्सकीय स्वास्थ्य सेवाहरुमा नेपाल बैंकका ग्राहक तथा परिवारले बिशेष छुट तथा सहुलियत पाउनेछन ।
सम्झौता अन्तरगत बैंकको भिसा कार्ड र एटिम प्रयोगकर्ताको हकमा अन्तरंग भर्ना, फार्मेसी, औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा बिशेष छुटको ब्यबस्था रहेको छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो बैक र गण्डकी प्रदेशकै सुबिधायुक्त चरक मेमोरियल हस्पिटलसँग सहकार्य गर्न लागिएको बताए ।
चरक हस्पिटलको तर्फबाट बोल्दै अध्यक्ष रेग्मीले यो सम्झौताले दुबैपक्षको सम्बन्ध राम्रो हुने र सेवा सहितको छुटलाई निरन्तरता दिदै जाने बताए ।
बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रुपमा लिएको बताउँदै बैंक र हस्पिटलबिचको सहकार्यले बैंकका कर्मचारीको मनोबल उच्च भएको बताइन्।
यस्तै नेपाल बैंक र पोखराको लेकसाइडमा रहेको अतिथि रिसोर्ट बिच छुट दिने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक भरतराज शर्माले लामो समायदेखि नेपाल बैंकसगँ बैकिङ कारोबार गर्दै आएको उनले बताए । बिभिन्न समस्याहरु आउँदा पनि बैंकले सहयोग गरेको बताउदै नेपाल बैंक बाट कर्जा लिएर होटलमा लगानी गरेको बताउदै हाल बैंक सगँ जोडिन पाउदा खुसी लागेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्पिटालिटिको क्षेत्रमा रिर्सोटले छुट्टै पहिचान बनाउन सफल भएको र बैंकसगँ जोडिएर ब्यबसाय बिस्तार गरेको बताए । उनले यो छुट सम्झौताले रिर्सोटसगँ मात्र नभइ ग्राहकहरु र कर्मचारीमा पनि सहयोग पुग्ने बताए ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




