नेप्सेमा सामान्य सुधार, २ अर्ब ६० करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ फागुन । साताको दोस्रो कारोबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । निरन्तर ओरालो लागेको नेप्से आज भने सामान्य बढेको हो । सोमबार नेप्से परिसूचक १.५४ अंक बढेर २ हजार ५४४.९३ बिन्दुमा प्रवेश गरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि २.१४ अंक बढेको हो ।

आज २३० कम्पनीको ४० हजार १३० पटकको कारोबारमा २ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको ५३ लाख १५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सोमबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत बढेको छ ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४७ प्रतिशत, होटल तथा पर्यटनको ०.४९ प्रतिशत, बैंकिङको ०.३९ प्रतिशत र निर्जीवन बिमाको ०.०९ प्रतिशत बढेको हो भने आज वित्त, जलविद्युत र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार कारोबार भएको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल तराईको सेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।