
काठमाडौं, २४ फागुन । एनएलजी इन्स्योरेन्सले चैत १७ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सोमबार बसेको इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारण सभा चैत १७ गते बिहान साढे १० बजे आम्रपाली ब्याङ्केट बालुवाटारमा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १२ करोड ६ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको लेखा परीक्षण गरिएको २०७८ साल अषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष ०७७/७८ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह तथा सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




