२५०० ले बढ्यो सुनको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार आज नेपाली बजारमा सुनचाँदीको भाउ अझैं उकालो लागेको छ । छापावाला सुनको भाउ यसदिन ताेलामा रुपैयाँ २ हजार ५०० बढेको छ भने चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको छ ।

विषेशगरि रसिया र यूक्रेनबीच युद्ध शुरू भएपछि त्यसकाे प्रभाव अन्तराष्ट्रिय बजारमा परेकाे देखिएकाे छ । सुनचाँदीको भाउ आकाशिन थालेको र एक लाखभन्दा माथि पुगेको हो साेहि अवधिबाट हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ तोलामा रुपैयाँ २५०० ले बढेर तोलाको १ लाख ५ हजार ५०० निर्धारण गरिएको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको १ लाख तीन हजार तोकिएको थियो ।

तेजाबी सुनको भाउ ताेलाकाे १ लाख ५ हजार तोकिएको छ । मंगलबार तेजाबी सुनको भाउ तोलाको १ लाख २ हजार ५०० निर्धारण गरिएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले बृद्धि भई तोलाको १ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार ४१० रुपैयाँ कायम भएकाे थियो ।