हिमालयन रिले कमायाे १२ कराेड ४७ लाख खुद नाफा

-



     सफल आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ फागुन । हिमालयन रिइन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा खुद नाफा कमाउन सफल भएको छ ।

इन्स्योरेन्सको सार्वजनिक भएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पौषको अन्तिमसम्म कम्पनीले १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

यस आर्थिक वर्षको पौषको अन्तिमसम्म कम्पनीले उन्तिस करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क उठाएको छ । लगानी, कर्जालगायतको आयबाट ८७ लाख ८८ हजार रुपैयाँ कमाएको उल्लेख छ ।

कम्पनीले ३० लाख २९ हजार रुपैयाँ दावि भुक्तानी गरेको जनाएको छ । पुर्नबीमा कमिसनका लागि ५ करोड ६० लाख खर्च भएको जनाएको छ भने ५ करोड ६२ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।

हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी ७ अर्ब रहेको छ । संचित कोषमा १२ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको विपद कोषमा ४ लाख ६० हजार तथा बीमा कोषमा ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।