सेयर बजार राताम्मै, कारोबारमा नेपाल टेलिकम अब्बल

-



     सफल आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ । रुस तथा युक्रेनबीच भईरहेको युद्धको कारण विश्व अर्थतन्त्रमा त्यसको नकारात्मक असर परिरहेको छ ।

सेयर बजार सकारात्मक बाटोमा नगएपछि लगानीकर्तामा निरासा छाएको छ भने उनीहरु अब पर्ख र हेरको अवस्थामा पुग्न थालेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.२९ अंकले घटेको छ । यसरी घटेको नेप्से २५१४.६५ विन्दुमा पुगेको छ । नेप्सेमा १.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इन्डेक्स ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ४९ लाख ५९ हजार ९१९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेह वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको आज १० करोड ५२ लाख एक्काइस हजार ५९९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।