
पाेखरा, २ चैत्र । केही दिन यता दिउँसो गर्मी बढ्दै जाँदा लेखनाथ महोत्सवमा भने दर्शकको रौनक बढ्दै गएको छ । ख्याती प्राप्त कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम हुँदा गर्मिको वेवास्ता गर्दै दर्शकहरुको महोत्सव स्थलमा आकर्षण बढेको हो ।
दैनिक उपभोग्य बस्तु देखी बालबालिकाको लागि मनोरञ्जनका सामाग्री एवं रेष्टुरेण्टहरुका परिकारमा परिवारै झुम्मिएको देखिन्छ । दिनभरीको मनोरञ्जन पछि दर्शकहरु बेलुका घर फर्कदा लत्ता कपडा देखी ताजा तरकारी बोकेर फर्कने गरेका छन् ।
विगतका बर्षहरुमा अनुकुल समय मंसिर पौषमा हुने महोत्सव यसपटक कोभिड १९ का कारण फागुनको अन्तिम सातालाई सरेपछि दर्शकमा केही कठिनाई भएपनि सफलता उन्मुख रहेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मुल समितिका संयोजक छत्रधर आत्रेयले बताए ।
महोत्सव सातौ दिनसम्म आइपुग्दा झण्डै दुई करोड ६५ लाख रुपैयाको कारोबार भएको छ भने एक लाख ७ हजार दर्शकले अवलोकन गरेका छन् ।
कोभिड सुरक्षालाई विशेष ध्यान दिईएको महोत्सवमा अहिलेसम्म तीन सय ७ जनाले विभिन्न डोज खोप लगाएको प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।
बुधबार कुमाल समाजले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो भने रत्यौली तर्फ देउराली आमा समूह र उन्नतशिल आमा समूहको प्रस्तुती रह्यो ।
युवाहरुका माझ लोकप्रिय रहेका गायक प्रमोद खरेलले आधा दर्जन गीत गाउँदा दर्शकहरुले साथ दिएका थिए । यसैगरी लोक दोहोरी गायक प्रजापति पराजुली र शिला आलेको दोहोरी पुरानो झल्को दिएको दर्शकहरुको प्रतिक्रिया थियो ।
फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




